विराटनगर।
विराटनगरस्थित बाल सुधार गृहमा प्रहरी र बालबालिकाबीच झडप भएको छ। प्रहरीले सुधारगृहका बालबालिकाहरूमा सुर्ति सेवनको आशंकामा जाँच गर्दा झडप सुरु भएको हो।
घटनामा एक जना प्रहरी घाइते भएका छन् र उनलाई कोशी अस्पताल लगिएको छ। सुधारगृहभित्रका अन्य बालबालिकाहरू अझै होहल्ला गरिरहेका छन्। सुरक्षा अवस्था नियन्त्रणमा लिन चारवटै सुरक्षा निकाय सक्रिय छन् र थप प्रहरी बल परिचालन गरिएको छ।
सुधारगृहका अधिकारीहरूले १८ वर्ष नाघेका केही युवाले वातावरण बिगारेको बताएका छन्। यहाँ हाल २४९ जना बालबालिका राखिएका छन्, जबकि सुधारगृहको क्षमता केवल ५० जना मात्र हो।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बालक केही भागेको आशंका भए पनि गणना गर्दा सबै उपस्थित रहेको पुष्टि गरेका छन्।











प्रतिक्रिया