काठमाडौ ।
सिन्धुली उद्योग वाणिज्य संघले सूचना जारी गर्दै अबदेखि प्रत्येक महिनाको अन्तिम मंगलबारमा हुने व्यवसायिक विश्राम खुला गरिएको जानकारी दिएको छ।
संघले श्रावण महिनाको अन्तिम मंगलबारदेखि लागू हुने यो निर्णय आगामी चाडपर्वहरू नजिकिएमा पुनः सूचना जारी नगरेसम्मका लागि लागू हुने जनाएको छ।
यो निर्णयले सबै व्यवसायीहरूलाई आफ्नो व्यवसाय संचालन गर्न स्वतन्त्रता दिनेछ भने उपभोक्ताहरूलाई समेत सहज हुनेछ। संघले सम्पूर्ण व्यवसायी तथा उपभोक्ताहरूलाई यो सूचनामार्फत जानकारी गराएको हो ।












प्रतिक्रिया