खोटाङ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटारमा पर्ने मध्यपहाडी लोकमार्गमा झरेको पहिरोले सडक अवरुद्ध बनेको छ । आज सोमबार बिहान करिब ९ बजेको समयमा सडकमा झरेको पहिरोले उक्त खण्ड पूर्ण अवरुद्ध बनेको हो । अविरल वर्षाका कारण सडकको करिब सय मिटर माथिबाट पहिरो खस्दा १० मिटर सडक ढाकेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

सोही पहिरोले दाम्ली-डिकुवा जाने भित्री कच्ची सडक खण्डमा झन्डै २० मिटर सडक ढाकी सडक पूर्ण रुपमा अवरोध भएको प्रहरीले उल्लेख गरेको छ ।
यस्तै, निरन्तर वर्षाका कारण मध्यपहाडी लोकमार्ग सडक खण्डमा पर्ने दिक्तेल-जयरामघाट सडक खण्डको बिभिन्न स्थानहरुमा पहिरो गई सडक अवरुद्ध हुने क्रम बढेकोले सजक भै यात्रा गर्न प्रहरीको अनुरोध छ । यात्रा गर्दा मौसमलाई ध्यानमा राखी सम्बन्धित सरोकारवाला निकाय एवम् ब्यक्तिहरुको नम्बरमा सम्पर्क गरी यात्रा गर्न प्रहरीले अनुरोध गरेको हो ।

वर्षाका कारण जिल्लाका अधिकाङ्श ग्रामिण सडकहरु अवरुद्ध बनेको छ ।











प्रतिक्रिया