काठमाडौं ।
प्रतिनिधि सभाअन्तर्गत सूचना, शिक्षा तथा प्रविधि समितिमा विचाराधीन मिडिया काउन्सिल विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने भन्दै पत्रकार संघ–संगठनले आपत्ति जनाएका छन्।
प्रस्तावित विधेयकमा अध्यक्ष र पदाधिकारी नियुक्ति तथा बर्खास्तीमा सरकारी नियन्त्रण रहने व्यवस्था रहेको भन्दै सरोकारवालाले यसलाई प्रेस स्वतन्त्रताको उल्लंघन ठहर गरेका छन्।
नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगायत संस्थाले विधेयक फिर्ता गरी सरोकारवालासँग छलफल गरेर मात्र अघि बढाउन माग गरेका छन्।
उनीहरूको भनाइमा सरकारको यो प्रस्तावले स्वतन्त्र पत्रकारिता कमजोर पार्ने र मिडियालाई आफ्नो अधीनमा राख्ने जोखिम छ।











प्रतिक्रिया