धुलिखेलबाट गएका व्यक्ति चन्दनवारी–चोलाङपाटि बीचमा हराए, खोजी तीव्र

4.89k
Shares

रसुवा।

काभ्रे धुलिखेल नगरपालिका–३ नयाँबस्तीका करिब ६० वर्षीय कृष्णबहादुर मगर गाेसाईकुण्ड जाने क्रममा बीचमै हराएको पुष्टि भएको छ।

गत साउन २२ गते घरबाट यात्रा सुरु गरेका मगर २३ गते चन्दनवारीबाट चोलाङपाटि हुँदै गाेसाईकुण्ड जाँदै गर्दा साँझ करिब ५:३० बजे हराएको उनका साथिहरूले जनाएका हुन्।

घटनाको जानकारी २५ गते प्राप्त भएपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल नं. २० गुल्मका सुरक्षाकर्मीहरूले संयुक्त रूपमा खोजी कार्य तीव्र पारेका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी हेमबहादुर शाहीका अनुसार स्थानीय बासिन्दालाई पनि खोजीमा सहयोग गर्न आग्रह गरिएको छ।

चन्दनवारी–चोलाङपाटि क्षेत्रमा यसअघि पनि मानिस हराउने घटना भएकाले यो इलाका संवेदनशील रहेको स्थानीय होटल व्यवसायी सुब्बा लामाले बताए।