गाईजात्राको अवसरमा डा. शेखर कोइरालाद्वारा शुभकामना


काठमाडौँ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेवार समुदायको मौलिक सांस्कृतिक पर्व गाईजात्राको अवसरमा शुभकामना दिएका छन्।

उनले गाईजात्राले सामाजिक सद्भाव, सहिष्णुता र सांस्कृतिक विविधताको सम्मान गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे।