झापा ।
कमल गाउँपालिका–६ स्थितबाट प्रतिबन्धित औषधी बेचबिखनमा संलग्न मेडिकल सञ्चालकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कमल गाउँपालिका–६ स्थित विष्णु प्रसाद बगालेको घरमा लागू औषध लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उक्त घरको कोठा भित्र प्रतिबन्धित औषधी ट्रामाडोल ३ हजार क्याप्सुल, डायक्लोमाई २ हजार १ सय १० ट्याब्लेट र स्पास्पेन २ हजार ५० ट्याब्लेट बरामद गरेको हो ।
प्रतिबन्धित औषधी बरामद भएसँगै घर धनी बगाले र बेचबिखनमा संलग्न दमक मेडिकल डिस्ट्रिब्युटरका सञ्चालक ४० वर्षीय गंगा बहादुर खड्कालाई नियन्त्रणमा लिएको हो ।
थप अनुसन्धान भइरहेको छ ।











प्रतिक्रिया