काठमाडौं ।
अमेरिकी वेस्टक्लिफ युनिभर्सिटीसँगको सहकार्यमा सञ्चालित प्रेसिडेन्सियल ग्रयाजुएट स्कुुलले आयोजना गरेको टेक तथा बिजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५’ काठमाडौंमा शुुरू भएको छ ।
साउन २५ गतेसम्म चल्ने यो कार्यक्रम विद्यार्थीहरूको नवप्रवर्तन, डिजिटल रचनात्मकता र भविष्यका सीप उजागर गर्ने उद्देश्यले आयोजना गरिएको हो । बीएससी आइटीका अन्तिम वर्षका विद्यार्थीहरूले एआई, रोबोटिक्स, साइबर सुरक्षा, मल्टिमिडिया र वेब डेभलपमेन्टसम्बन्धी ५० परियोजनाहरू प्रदर्शनीमा प्रस्तुत गरेका छन् ।
कार्यक्रममा पुष्पवृष्टि गर्ने ड्रोन, फुटबल खेल्ने रोबोट, गीतमा नाच्ने रोबोट, भावना पत्ता लगाएर संगीत सिफारिस गर्ने सिस्टम, साइबर सुरक्षा समाधान, स्मार्ट सिँचाइ र होम सिस्टम, पर्यटन प्रवद्र्धन सफ्टवेयर तथा ३६० डिग्री क्यामेरायुक्त अटोनोमस गाडी प्रमुख आकर्षण रहेका छन् । कार्यकारी अध्यक्ष लक्ष्मण केसीका अनुसार १७० विद्यार्थी संलग्न परियोजनाहरूलाई विद्यालयको स्टार्टअप इन्कुबेसन सेन्टर मार्फत व्यावसायिक रुप दिने प्रयास भइरहेको छ ।











प्रतिक्रिया