बाढीको जोखिम : राप्ती–बबईमा जलस्तर खतराको तह पार, सुरक्षाकर्मी परिचालन गर्न कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको निर्देशन


काठमाडौँ ।

राप्ती र बबई नदीमा जलस्तर खतराको तह पार गरेपछि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले जोखिमयुक्त स्थानहरूमा सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिएका छन्। सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै उनले जनधनको क्षति हुन नदिन सतर्कता अपनाउन आग्रह गरेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टका अनुसार सिंहले आकस्मिक बैठक डाकेर बाढी प्रभावित क्षेत्रको स्थिति बुझेका थिए।

महाकाली र कर्णाली नदीमा पनि जलस्तर बढ्ने पूर्वानुमान रहेकाले ती क्षेत्रका सिडिओहरूलाई समेत सचेत रहन भनिएको छ।