नेपाल– चीन सम्बन्धको विषयमा छलफल

940
Shares

काठमाडौँ।

फ्रेण्डस एन दि क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्सले नेपाल– चीन बीचको कुटनीतिक सम्बन्धको विषयमा विज्ञहरुसंग छलफल गरेको छ । नेपाल– चीन बीच कुटनीतिक सम्बन्ध ७० बर्ष पूरा भएको अवसरमा आयोजना गरिएको कार्यक्रममा विज्ञहरुले विश्व शक्तिका रुपमा स्थापित चीनबाट नेपालले राजनीतिक तथा आर्थिक लाभ लिन सक्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा आफ्ना धारणा प्रस्तुत गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठले नेपालले आफ्नो मुख्य मुद्दा विकासलाई बनाउनु पर्ने उल्लेख गर्दै चीन र नेपालको योजनावद्ध विकासको कार्यक्रमसंगै सुरु भएपनि आर्थिक विकास र प्रतिव्यक्ति आयमा नेपाल निक्कै पछि रहेको बताए ।

प्रा. डा. भेषराज घिमिरेले चीनसंग नेपालले आर्थिक कुटनीति बलियो पारेर लाभ लिनसक्नुपर्ने बताए । प्रा. डा. घिमिरेले नेपालको समृद्धिमा चीनले सघाउछु भन्दा पनि नेपाल सरकार र राजनीतिक दलरुले त्यसको फाईदा लिन नसक्नु विडम्बनापूर्ण रहेको बताए ।

फ्रेण्डस एन दि क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्सका अध्यक्ष शोभित उप्रेतीले नेपाल– चीन सम्बन्ध अटुट, विश्वसनिय तथा चीरस्थायी राख्न एक अर्काको संवेदनशीलता र चासोमा गम्भीर हुनुपर्ने बताए ।

कार्यक्रममा साहित्यकार नन्दु उप्रेती, पत्रकार ठाकुर बेलबासे लगायतले नेपाल– चीन सम्बन्ध र त्यसबाट नेपालले लिनसक्ने लाभको विषयमा चर्चा गरेका थिए। सो अवसरमा फ्रेण्डस एन दि क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्सको गतिविधिमा सहभागि हुँदै सामाजिक अभियानमा सक्रिय युवा अभियन्ता प्रविण प्रसाद थपलियालाई सम्मान समेत गरिएको थियो ।