दुर्गा प्रसाईंलाई लिन कांग्रेस नेता सुनिल शर्मा डिल्लीबजार कारागारमा


काठमाडौँ ।

मेडिकल व्यवसायी दुर्गा प् प्रसाईंलाई लिन नेपाली कांग्रेसका नेता तथा सांसद सुनिल शर्मा डिल्लीबजार कारागार पुगेका छन् । सोमबार अदालतले दिएको आदेशपछि प्रसाईं प्रक्रिया पुरा गरेर निस्कने तयारीमा छन् ।

उनी निस्कने सूचना पाएपछि उनका समर्थक अहिले कारागार बाहिर जम्मा भएका छन् ।

न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले जिल्ला अदालत काठमाडौँको यसअघिको आदेश उल्टाउँदै धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।