काठमाडौँ।
कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार नतिजा सार्वजनिक गर्दै ग्रेड वृद्धि परीक्षाबारे जानकारी दिएको हो । आगामी भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षा हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।
सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
गत वैशाख २१ गतेदेखि सुरु भएको परीक्षामा पाँच लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा नियमिततर्फ तीन लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना सहभागी थिए ।











प्रतिक्रिया