द ब्ल्यू लाइट : भयको पर्खालमा ठोक्किँदै एउटा मनोवैज्ञानिक यात्रा



अन्धकारमा डुबेका डरहरू उजागर गर्ने प्रयास, अनि मनको गहिराइसम्म पुग्ने कथा बोकेर मनोवैज्ञानिक थ्रिलर फिल्म द ब्ल्यू लाइटको पहिलो झलक सार्वजनिक गरिएको छ। अभिनेत्री बेनिशा हमालको जन्मदिन पारेर हालै सार्वजनिक गरिएको यो झलकले नेपाली फिल्ममा एक पृथक् सास फुक्ने संकेत गरेको छ।

फिल्मको टिजरले दर्शकलाई तुरुन्तै मनोवैज्ञानिक तनावको यात्रातर्फ डो¥याउँछ। एउटा छोरी– जसले बुवाको मृत्युको डरलाग्दो सपना देखेकी छे र त्यो सपना नै आप्mना बाबुसँगै साटिरहेकी छे। बुवा पनि सामान्य छैनन्, सपनाको तर्कसँगै डरलाई चिर्ने प्रयास गर्दै उनी भन्छन्, ‘सपनामा मरेको देखिएको मान्छे त लामो समय बा“च्छ रे नि त।’ अर्को दृश्यमा, आक्रोश र असुरक्षासँग जुध्दै एउटा युवती हातमा हतियार लिएर हिँडिरहेकी छे। एक अर्की युवतीले सब कुरा शान्त मुद्रामा सुनिरहेकी छ– तर त्यो शान्ति, झन् भयावह लाग्छ। टिजरमा देखिएको भय र संवेगको गहिरो द्वन्द्वले दर्शकलाई अल्झाउँछ, तर्साउँछ र सोच्न बाध्य बनाउँछ।

फिल्मको पोस्टर पनि दमदार छ। नीलो झिलमिल पृष्ठभूमिमा बेनिशा हमाल, अर्पण थापा र सृष्टि श्रेष्ठको त्रिकोणात्मक उपस्थितिले रहस्यको जालो बुनिएको महसुस गराउँछ। विशेष गरी सृष्टिको हातमा देखिएको रगतले लतपतिएको बन्चरोले हिंसात्मक मोडको संकेत पनि दिन्छ।

बलिराम चौहानद्वारा निर्देशित फिल्म स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण भइरहेको हो। कलाकारहरूको लाइनअप समेत आकर्षक छ– बेनिशा हमाल, अर्पण थापा, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, सुरक्षा इटानी, साथै बाल कलाकार ग्रिस्मा कटुवाल र सहारा शर्मा।

निर्माताको रूपमा बलिराम स्वयं (ग्याट्स्वी) छन् भने कार्यकारी निर्मातामा नायिका बेनिशा हमाल र छायाँकार नरेन्द्र मैनाली छन्। मैनालीले नै फिल्मको छायांकन गरेका छन्। सह–निर्मातामा भोलानाथ कटुवाल र रमन ग्रे छन्। फिल्म मंसिर १२ गतेबाट प्रदर्शनमा आउँदैछ, त्यसअघि नै दर्शकको मनमा चिसो सिहरन फैलाउन थालेको छ।