तुलसीलाल रनिङ शिल्ड हाजिरजवाफको १२औं  शृङ्खला सम्पन्न 


काठमाडौँ। 

 तुलसीलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित उपत्यकाव्यापी माध्यमिक तहस्तरीय हाजिर जवाफ प्रतियोगिताको १२ औँ शृङ्खला आज सम्पन्न भएको छ ।

प्रतियोगितामा सहभागी ३० समूहमध्ये अन्तत ललितपुरको सातदोबाटोमा रहेको ब्राइट फ्युचर समूह ए प्रथम भएको छ।

 उक्त विद्यालयको समूह बी दोस्रो भएको छ भने काठमाडौँको तरुण माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गरेको छ। यस्तै ललितपुर गोदावरीको एमर्याल्ड माध्यमिक विद्यालयले चौथो स्थान प्राप्त गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार वितरण गर्दै यस्ता प्रतियोगिताहरूबाट र तुल्सीलालको स्मृतिबाट धेरै कुरा सिक्न सक्ने बताए ।

प्रतियोगिता संयोजक बाबुराम थापाका अनुसार प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुनेले क्रमश ५० हजार, ४० हजार, ३० हजार र २० हजार सहित  ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा प्रभात मावि पाँचौ र रुद्रायणी मावि छैटौं भएका थिए ।

हरेक वर्ष वामपन्थी नेता तुलसीलाल अमात्यको स्मृतिमा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम हुँदै आएको छ।