अन्तर्राष्ट्रिय विमानस्थल त बन्यो, उडान कहिले ?


काठमाडौं ।

बुद्ध जन्मस्थल लुम्बिनी नजिकै भैरहवामा निर्माण गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गतिशील अन्तर्राष्ट्रिय गन्तव्य बन्ने ठूलो अपेक्षासँग बनेको थियो। अत्याधुनिक पूर्वाधार, अध्यागमन, कार्गो सेवा, यातायात, हस्पिटालिटी लगायत सबै तयारीसहित विमानस्थल सञ्चालनमा आएको पनि समय बितिसकेको छ।

तर सोचेजस्तो अन्तर्राष्ट्रिय उडानको लर्को लागेको छैन। औँलामा गन्न सकिने केही अन्तर्राष्ट्रिय उडान मात्र भइरहेका छन्, बाँकी घरेलु उडानकै भरमा चलिरहेको छ।

विमानस्थलसँगै खुलेका ठूला होटलहरू, पर्यटन व्यवसायीहरूको लगानी, र लुम्बिनीलाई विश्वस्तरीय पर्यटकीय हब बनाउने सपना अहिले अलि ओझेलमा परेको देखिन्छ।

तर, भैरहवाको आश मरेको छैन। ‘आजको बुद्धको अन्तिम उडान’ सुन्दा पनि विमानस्थल एक दिन नियमित अन्तर्राष्ट्रिय उडानले भरिने र लुम्बिनीको भाग्यमा घाम लाग्ने आश बाँकी नै छ।