तेह्रथुममा बस दुर्घटना : १४ जना घाइते, एकको अवस्था गम्भीर


काठमाडौं।

संखुवासभाको धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट दमक जाँदै गरेको बा २ प ७२४४ नम्बरको बस तेह्रथुमको लालीगुराँस नगरपालिका–१ देउराली घुम्तीमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। बस करिब १० मिटर तल खसेको थियो।

घाइतेमध्ये धर्मदेवी–९ का २३ वर्षीय सविन विष्टको अवस्था गम्भीर रहेको र उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ। अन्यको बसन्तपुर अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि बस चालक खेम महत फरार रहेको प्रहरीले जनाएको छ।