काठमाडौं ।
बागलुङ जिल्लाका १२५ खानेपानीका मुहानमा दिसाबाट सर्ने कोलिफर्म जीवाणु भेटिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालयले जिल्लाका १० पालिकामध्ये ६ पालिकाका ३४१ मुहान परीक्षण गर्दा यस्तो नतिजा आएको हो। जैमिनी नगरपालिकामा सबैभन्दा धेरै, ४२ मुहानमा कोलिफर्म फेला परेको छ।
कोलिफर्म पिएको पानीले झाडापखाला, हैजा, टाइफाइड, जन्डिसजस्ता रोग फैलन सक्ने चिकित्सकले बताएका छन्। डाक्टर तिवारीले यस्तो पानी उमालेर मात्र प्रयोग गर्न सुझाव दिएका छन्।
पालिकाहरूले सरसफाइ र पानी शुद्धीकरणका कार्यक्रम थालेका छन्। जैमिनी नगरपालिकाले ‘वास प्लान’ अन्तर्गत नागरिकलाई सुरक्षित पिउने पानी सुनिश्चित गर्न पहल थालेको जनाएको छ।











प्रतिक्रिया