काठमाडौं ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–४ आहालेमा २२ वर्षीय मनकुमार विश्वकर्माले घरायसी विवादका क्रममा आफ्नै भाइ रोशन विश्वकर्माको खुकुरी प्रहार गरी हत्या गरेका छन्। घटनास्थलमै मृत्यु भएपछि इलाका प्रहरी कार्यालय दोभानको टोलीले अभियुक्तलाई खुकुरीसहित नियन्त्रणमा लिएको छ।
यस्तै, आठराई त्रिवेणी–३ का चालक हर्कबहादुर दर्लामी मगरले मादक पदार्थ सेवनपछि आफ्नै गाडीका सहचालक सागर मगरलाई चक्कु प्रहार गरी घाइते बनाएका छन्। फुङलिङ नगरपालिका–४ तम्बु चोकमा भएको घटनापछि घाइतेलाई जिल्ला अस्पताल पठाइएको छ भने चालक नियन्त्रणमा छन्।











प्रतिक्रिया