बुटवल ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकले भिजिट भिसाको आवरणमा भएको भ्रष्टाचार र त्योसँग सम्बन्धित बेतिथिविरुद्धको आन्दोलनलाई जारी राख्ने निर्णय गरेको छ । रास्वपाको बुधबारदेखि भैरहवामा शुरू भएको संसदीय दलको बैठकको पहिलो दिन यस्तो निर्णय गरेको हो ।
रास्वपा बैठकले भ्रष्टचारविरुद्धको आन्दोलन फराकिलो बनाउँदै सडक र सदन दुवैबाट गर्ने निर्णयसमेत गरेको छ । आन्दोदनका आयाम र रूपहरू परिवर्तन भए पनि नागरिकका साझा मुद्दा भएकाले सदन र सबैतिर उठाउने निर्णय रास्वपाको निर्णय छ । बैठकको पहिलो दिनको निर्णय सुनाउँदै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसाको आवरणमा भएको भ्रष्टाचार र त्योसँग सम्बन्धित बेतिथिविरुद्धको आन्दोलनलाई जारी राख्ने बताउनुभयो ।
प्रमुख सचेतक परियारले संसदीय समितिमा पार्टीका सदस्यहरूलाई भूमिसम्बन्धी विधयेक, निजामती सार्वभौम संसद्लाई नैं आक्रमण गरिएको बताउँदै समितिमा सशक्त भएर आवाजहरू उठाउन पनि संसदीय दलले निर्देशन गरेको बताउनुभयो । त्यस्तै बैठकले लुम्बिनी प्रदेशका जनताले भोग्नुका समस्या, यहाँको पर्यटन व्यवसायमा आएको अप्ठ्यारो, खडेरीले किसानलाई परेको मर्का, लुम्बिनीका भूमिसम्बन्धी मुद्दालाई पनि संसद्मा उठाउने, प्रवासी नेपालीलाई रास्वपासँग जोड्ने पार्टीका सांसदको भूमिका सरहनासमेत गरेको छ ।
सर्वोच्च अदालतले प्रवासी नेपालीहरूलाई मताधिकार दिने व्यवस्था गरेको भन्दै त्यसको कार्यान्वनका लागि समेत रास्वपाले सरकारसँग माग गरेको छ । रास्वपाको संसदीय दलको बैठक बिहीबार पनि चल्नेछ ।











प्रतिक्रिया