काठमाडौं ।
आज देशभर ‘खिर दिवस’का रूपमा खिर खाएर यो दिन मनाइँदैछ। नेपाली समाजमा असार १५ मा दही च्यूरा, साउन १५ मा खिर खाने पुरानो परम्परा रहेको छ। वर्षा ऋतुमा दूध, मरमसलालगायत सामग्रीले बनाइने तातो खिर स्वास्थ्यका लागि लाभदायक मानिन्छ।
राष्ट्रिय दुग्ध विकास बोर्डले २०७७ सालमा साउन १५ लाई ‘खिर दिवस’को रूपमा मनाउने निर्णय गरेको थियो। वैदिक शास्त्र अनुसार खिर, जसलाई संस्कृतमा ‘पायस’ भनिन्छ, सात्विक आहार मानिन्छ र देवकार्य तथा पितृकार्यमा विशेष महत्व राख्दछ।
साउन महिनामा गाउँघरमा दूध उत्पादन बढ्ने भएकाले खिर पकाई इष्टमित्रलाई बोलाएर खाने चलन रहिआएको छ। गाईको दूधमा चामल, मकै, सेवइ, गाजर आदि हालेर बनाइने खिर देवतालाई चढाएर खाने धार्मिक विश्वास पनि छ।
नेपालको सांस्कृतिक र कृषियोग्य परम्परासँग जोडिएको यो पर्व मिठास र मिलनको प्रतीकको रूपमा मनाइन्छ।











प्रतिक्रिया