काठमाडौं ।
सार्वजनिक स्थानमा जथाभावी रूपमा सञ्चालन भइरहेका वाइफाई हटस्पट सेवा बन्द गरिने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले वाइफाई हटस्पट सञ्चालन विनियमावली, २०७५ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।संशोधित विनियमावलीअनुसार दूरसञ्चार सेवा, मोबाइल वा आधारभूत टेलिफोन सेवा प्रदान गर्ने कम्पनीबाहेक अन्य संस्थाले खुला सार्वजनिक स्थलमा वाइफाई हटस्पट सेवा सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको छ । तर, निर्धारित क्षेत्र वा परिधिमा मात्रै वाइफाई सञ्चालन गर्न पाइने व्यवस्था कायम गरिएको छ ।
जसअनुसार, यस्ता संस्थाले भवन, कम्पाउण्ड, बसपार्क, विमानस्थल, अस्पताल, रेस्टुरेन्ट, सपिङ मल, उद्यान वा बगैंचा जस्ता स्थानले ओगटेको निश्चित क्षेत्रभित्र मात्र वाइफाई सञ्चालन गर्न पाउनेछन् ।त्यस्तै, व्यापारिक वा निजी प्रयोजनका लागि यस्ता वाइफाई हटस्पट एक पटकको लागि सीमित समय वा निश्चित परिमाणमा सञ्चालन गर्न भने निषेध गरिएको छैन । प्राधिकरणले सार्वजनिक सुरक्षाका साथै दुरुपयोग नियन्त्रण गर्न र सेवा गुणस्तर व्यवस्थित गर्न यो व्यवस्था लागू गरेको जनाएको छ ।











प्रतिक्रिया