काठमाडौँ ।
साउन महिनाको दोस्रो सोमबारको अवसरमा आज १० हजारभन्दा बढी भक्तजन बोलबम यात्राका लागि काठमाडौँको सुन्दरीजलमा पुगेका छन्। भक्तजनहरूले सुन्दरीजलको वाग्मती नदीमा स्नान गरी शुद्ध वस्त्र धारण गरेपछि जल बोकी पशुपतिनाथ मन्दिरतर्फ यात्रा थालेका छन्।
यस वर्षको यात्रा बोलबम कार्यिया सङ्घ र सनातन युवा मञ्च नेपालले संयुक्त रूपमा आयोजना गरेका हुन्। यात्रालाई व्यवस्थित बनाउन सुरक्षा तथा सेवा सुविधा उपलब्ध गराइएको प्रहरी प्रभाग, सुन्दरीजलले जनाएको छ।
पशुपति क्षेत्र विकास कोषले पनि बिहान ३ बजेदेखि मन्दिरका चारै ढोका खोलिएको जानकारी दिएको छ। साउनको सोमबार भगवान् शिवको आराधनामा समर्पित विशेष दिन हो।











प्रतिक्रिया