लोकतन्त्रका लागि शक्ति सन्तुलन अपरिहार्य: डा. शेखर कोइराला


काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्ति सन्तुलन कायम भएमा मात्र लोकतन्त्र फस्टाउन सक्ने बताएका छन् ।

आइतबार  कर्मयोगी बद्रीविक्रम थापाको १०३औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा डा. कोइरालाले संवैधानिक परिषद् जस्ता निकायका निर्णय निष्पक्ष हुनुपर्ने जिकिर गरे ।

कार्यक्रममा श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारी, राजनीतिज्ञ सिपी गजुरेल, प्रा. डा. सुरेशराज शर्मा, साहित्यकार हरिमञ्जुश्रीलगायत वक्ताहरूले पूर्वप्रशासक थापाको योगदानको चर्चा गर्दै लोकतन्त्र स्थापनामा उनको भूमिका स्मरण गरे ।