काठमाडौं ।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालमा भएका आदिवासी जनजातिहरूको उत्थानका लागि समुदायमा आधारित बेग्लै आर्थिक समृद्धिको ढाँचा तयार पार्नु पर्नेमा जोड दिए ।
काठमाडौंमा सम्पन्न लोकतान्त्रीक आदिवासी जनजाति महासङ्घद्वारा आयोजित जातीय घटक संघहरुको विस्तारित बैठकमा प्रशिक्षणमूलक मन्तव्य राख्दै महासचिव पोखरेलले यस्तो कुरामा जोड दिएका हुन्।
हरेक आदिवासी समुदायहरुको परम्परागत सामाजिक, आर्थिक प्रणाली फरक–फरक हुने भएकाले त्यसैसँग मिल्ने परम्परागत प्रर्णालीलाई आधार मानेर तिनै तहका सरकारले आर्थिक समृद्धिको ढाँचा तयार पारेर विकासका गतिविधि अघि बढाउनु पर्नेमा पोखरेलले जोड दिए ।
‘आदिवासी जनजातिको विकास भन्दै आफूले चाहेको र बाहिर देखेको विकासको मोडेल हामीले कार्यान्वयनमा ल्याउने गरेका छौं । त्यसले कार्यक्रम रहुञ्जेल केहि सफल जस्तो देखिएपनि त्यसको स्थायित्व हुने देखिएन’, महासचिव पोखरेलले भने, `प्रत्येक समुदायले लामो समयदेखि अंगिकार गरेको परम्परागत प्रर्णालीलाई आधुनिक विकाससँग अन्तर सम्बन्धित गराएर सबै तहका सरकारले आप्mना नीति तथा कार्यक्रम निर्माण गर्ने हो भने वास्तवमा आदिवासी जनजातिको आर्थिक समृद्धि टाढा छैन ।’
हरेक समुदायको सामाजिक विकासलाई भाषा, संस्कृति र सामाजिकताले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै महासचिव पोखरेलले हामीले गर्ने आधुनिक विकासले तिनै चिजलाई एकै साथ अघि बढाउन नसकेकै कारण हाम्रो विकासको मोडेल अपेक्षित प्रभावकारी हुन नसकेको दाबी गरे ।
आदिवासीको नीतिगत वकालत गर्ने एमाले पहिलो दल
नेपालका आदिवासी जनजातिलाई पार्टीको नीतिगत रुपमा वकालत गर्ने एमाले पहिलो पार्टी भएको महासचिव पोखरेलले बताए।इतिहाँसलाई हेर्ने नजर र नेपाली समाजको विवेचना गर्ने दृष्टिकोणबाट एमालेको स्थापना र विकास भएको भनाई उनको थियो ।
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले नेपालको इतिहास लेखन र विष्लेषणको नयाँ परम्पराको थालनी गरेपछि नेपालका आदिवासी जनजातिलाई चिन्ने कामको सुरुवात भएको बताएका पोखरेलले त्यसकै जगमा नेपालमा संघीय लोकतान्त्रीक गणतन्त्रको स्थापना भएको जानकारी दिए ।
‘कमरेड पुष्पलालको विरासत बोकेको एमालेले आफ्नो पाँचौ राष्ट्रिय महाधिवेशन मार्फत नेपाली समाजको विवेचना गर्ने क्रममा आदिवासी जनजातिको महत्त्वपूर्ण पक्षका रुपमा उठाउने काम गरेको छ । जसबाट सरकारी संयन्त्रमा आदिवासी जनजातिको भाषा संस्कृतिको संरक्षण र विकास गर्ने कामको समेत थालनी भयो’ उनले भने, ‘पार्टी स्थापनाका दृष्टिकोणले नेपाली कांग्रेस पहिलो हो । तर आदिवासी जनजाति समुदायका सवाल उठान र राज्य पक्षबाट त्यसको संशोधनका दृष्टिकोणले निर्णायक भूमिका खेल्ने पार्टी एमाले मात्रै हो । नेपाली समाजलाई विश्लेषण हेर्ने शैली, नेपाली राजनीतिलाई हेर्ने दृष्टिकोणबाट कम्युनिस्ट र कांग्रेसबीच धेरै अन्तर देखिन्छ । आदिवासी जनजाति आन्दोलनलाई उक्साएर माओवादीले समाजमा मिलेर बसेका समुदायहरू बीच सामाजिक तथा जातीय विभाजनका चिरा फटाउने काम गर्यो तर एमालेले नेपाली समाजमा मेल नखाने एकल जातीय राज्यमा असहमति राख्ने बाहेक जनजातिको हितका लागि विभिन्न पक्षमा न्यायोचित भूमिका निर्वाह गरेको छ ।’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयलाई जोड्दै महासचिव पोखरेलले नीति र विधिको छलफल हुने नवौ केन्द्रीय कमिटी बैठकमा सञ्चार माध्यम र सामाजिक सञ्जालको हल्लका कारण अचानक उक्त एक विषयले प्रवेश पाएको जनाए।
उनका अनुसार पुर्वराष्ट्रपति जस्तो सम्माननीय व्यक्ति पार्टी राजनीतिकमा आउनु हुन्न थियो । तर हल्लाकै भरमा चर्चामा आएको त्यहि विषय पेचिलो बन्दै गएपछि केन्द्रीय कमिटी बैठकले छलफलको विषय बनाएर निचोडमा पुगाउनु पर्ने अवस्था आयो ।
नेपाली सेनाको सुरक्षामा रहने व्यक्ति पुर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राष्ट्रको अभिभावकिय भूमिकामा रहनु पर्छ भन्ने निचोडमा सिंगो पार्टी रहेको भएपनि पार्टीको सक्रिया राजनीतिमा आउने विषयलाई महामहिम पुर्वराष्ट्रपति भण्डारीले पेचिलो बनाएपछि उहाँको सदस्यता नवीकरण नगर्ने निचोडमा बैठक पुगेको हो,´
अगाडि भने, ‘उहाँ (विद्या भण्डारी)ले पार्टी सदस्यता नवीकरणको प्रक्रिया अघि बढाउनु भएको थियो । तर पार्टीको भर्खरै सम्पन्न केन्द्रीय किमिटि बैठकले त्यो प्रक्रिया विधिसंगत छैन भन्दै रद्द गरेपछि अब उहाँ कुनै पार्टी विशेषको नेताभन्दा राष्ट्रिय व्यक्तित्व र अभिभावकका रुपमा रहनु भएको हो ।´











प्रतिक्रिया