काठमाडौंको माइतीघर मण्डलामा नगरप्रमुख भट्टराई कपाल मुण्डन गर्दै सत्याग्रहमा


काठमाडौं ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई काठमाडौंको माइतीघर मण्डलामा कपाल मुण्डन गर्दै सत्याग्रहमा बसेका छन्।

सिंहदरबार अगाडि अनसन बस्न गएका उनलाई प्रहरीले निषेधित क्षेत्र भन्दै माइतीघर ल्याएर छाडेको थियो। स्थानीय कच्चा पदार्थ प्रयोगमा संघीय ऐनले अवरोध गरेको भन्दै सात बुँदे मागसहित उनी विरोधमा उत्रिएका हुन्।

सेतो कपडा, परालको गुन्द्री र कम्बल ओछ्याएर बसेका भट्टराईले संघीय सरकारको बेवास्ताको विरोधमा सत्याग्रह थालेका छन्।