यहाँ १० लाख, १५ लाख, २० लाख गुमाउनु सामान्य जस्तै हो । भनौँ कसरी भनौँ, नभनौँ असह्य पिडा दिएको छ ।
काठमाडौं ।
‘पोप्पो लाइभ’ नामक एपमार्फत हजारौं नेपाली ठगिँदै आएको खुलासा भएको छ। लाइभ स्ट्रिमिङको नाममा सुरु हुने यो एप अन्ततः प्रयोगकर्तालाई जुवा खेल्ने जालमा फसाउँछ। सुरुमा पैसा कमाउने लोभ देखाउने एपले प्रयोगकर्ताबाट लाखौं रुपैयाँ असुल गर्छ।
काठमाडौँका बिमलदेखि वैदेशिक रोजगारीबाट फर्किएका माेहन, गृहिणी सरितासम्मको कथन अनुसार उनीहरूले १० लाखदेखि २0 लाख रुपैयाँसम्म गुमाएका छन्। एपको सुरुवातमा सस्तो गिफ्ट दिएर आकर्षण गराइने र पछि लेभल पास गर्न हजारौँ खर्च गर्न लगाइन्छ। लाइभमार्फत कमाई सम्भव नहुँदा प्रयोगकर्ता गेम (जुवा) तर्फ आकर्षित हुन्छन् र यहींबाट लुट सुरु हुन्छ।
विशेषतः महिलालाई लक्षित गर्दै, पोप्पोले पुरुषभन्दा सजिलो पहुँच दिने नीति लिएको छ। एपमा ‘फेस लाइभ’ गर्न महिला प्रयोगकर्तालाई सिधै अनुमति दिइन्छ भने पुरुषले लेभल पार गर्नुपर्छ। क्वाइन किन्ने प्रक्रिया पनि एजेन्टमार्फत हुन्छ, जसमा विभिन्न डिजिटल वालेट र बैंक खाताको प्रयोग गरिन्छ।
यो एप गुगल प्लेस्टोरमा एक करोडभन्दा बढी डाउनलोड भइसकेको छ तर यसको सञ्चालक वा जिम्मेवार निकाय अस्पष्ट छ। वेबसाइटमै यो एप कुनै ‘एजेन्सी पार्टनर’ द्वारा सञ्चालन गरिएको उल्लेख छ, जसले एपको नियतप्रति शंका बढाउँछ।
सयौँ नेपाली अहिले पनि यो एपको लतमा फसेर मौन पीडित बनेका छन्। सम्बन्ध विग्रने डर, समाजमा बेइज्जती हुने त्रासका कारण धेरैले आफैँभित्र पीडा लुकाइरहेका छन्।
नेपाल पुलिसका केन्द्रिय प्रवक्ता बिनोद घिमिरेले भने यस्ता किसिमका अनलाइन गेमका भरमा पैसा कमाउने उधेश्यले प्रलोभनमा नपरुन र यदि परिहाले भने साइबर ब्युरोमा उजुरी दिने र सयमा फोन गरेर टिपाउने त्यस पछि नेपाल पुलिसले अनुसन्धान गर्छ उँहाले नेपालसमाचार पत्रलाई यस्तो जानकारी दिए ।












प्रतिक्रिया