काठमाडौं ।
सिरहाको लहान–३ अस्पताल चोकमा सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख १ हजार ६९५ रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
भारतको मधुवनी जिल्ला लौकाहा बजारका २४ वर्षीय राहुल कुमार शनिबार बिहान ९:३० बजे यात्रुवाहक बसमा सवार रहँदा चेकजाँचको क्रममा नियन्त्रणमा लिइएका हुन्।
उनलाई भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए।











प्रतिक्रिया