काठमाडौं ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले चितवनका पूर्व जिल्ला सभापति तथा गण्डकी प्रदेशका पूर्व प्रदेश प्रमुख पृथ्वीमान गुरुङको निधनले आफू दुःखी भएको बताएका छन्।
उनले गुरुङको प्रजातान्त्रिक आन्दोलन र नेपाली राजनीतिमा पुर्याएको योगदान सधैं अविस्मरणीय रहने उल्लेख गरेका छन्।
कोइरालाले गुरुङको निधनले कांग्रेसले एक सच्चा र आदर्शवान नेता गुमाएको भन्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन्।












प्रतिक्रिया