काठमाडौं ।
रौतहटको चन्द्रपुर–१ स्थित वाग्मती नदीमा डुबेर एक भारतीय युवकको मृत्यु भएको छ भने अर्का युवक बेपत्ता भएका छन्। बोलबमका लागि जल लिन गएका भारतको सीतामढी जिल्लाका १४ वर्षीय पवनकुमार साहको शव शनिबार फेला परेको हो। उनीसहित २२ वर्षीय नितेशकुमार शुक्रबार साँझ डुबेका थिए।
पुलिस र सशस्त्र प्रहरीको टोलीले खोजतलास गर्दा घटनास्थलभन्दा १५० मिटर दक्षिण झोलुङ्गे पुल नजिक पवनको शव भेटिएको हो। अर्का युवकको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपककुमार रायले जनाएका छन्।
प्रत्येक वर्ष वाग्मतीमा पौडी खेल्ने क्रममा मानिस बेपत्ता हुने गरेको छ, जसले गर्दा प्रहरीले सो क्षेत्रमा पौडी निषेध गरे पनि पालना नगरेको पाइन्छ।











प्रतिक्रिया