भक्तपुरमा पाँच खानेपानी कम्पनीमा कोलिफार्म भेटिएपछि बिक्रीमा रोक


काठमाडौं ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेलमा सञ्चालनमा रहेका पाँच वटा खानेपानी कम्पनीको पानीमा कोलिफार्म भेटिएपछि बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ।

नगरपालिकाको उपप्रमुख रमेश बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले एसएन टप वेभरेज, एक्वाराज, ओके मिनरल वाटर, झौखेल उच्च वेभरेज, र कर्णाली मिनरल वाटरलाई बिक्री रोक लगाएको हो।

अनुगमनका क्रममा पानीको शुद्धता नपाइएको र मानव स्वास्थ्यमा असर पुर्‍याउने तत्व भेटिएपछि यस्तो निर्णय गरिएको हो। कम्पनीहरूले ल्याब रिपोर्ट पेश गरेपछि पुनः परीक्षण गरी बिक्री खुला गरिने नगरपालिकाले जनाएको छ।