सुर्खेतमा करेन्ट लागेर दम्पतीको मृत्यु


सुर्खेत। 

 बीरेन्द्रनगर नगरपालिका-१२ नेवारे बस्ने ५५ वर्षीय धनिराम आचार्य र उनकै श्रीमती ५० वर्षीया धन कुमारी उपाध्यायको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ। 

आफ्नै घरमा घाँस काट्ने विद्युतीय मेसिनबाट घाँस काट्ने क्रममा विद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरूको प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।