रुपन्देही-३ उपनिर्वाचनबारे कांग्रेस पदाधिकारी बैठक


काठमाडौं ।

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनबारे केन्द्रित भएको छ। सभापति शेरबहादुर देउवाले बैठकमा रुपन्देही कांग्रेस सभापति रामकृष्ण खाण, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसहित नेता बालकृष्ण खाणलाई समेत बोलाएका छन्।

बैठकमा गृहमन्त्री रमेश लेखक, ऊर्जा मन्त्री दीपक खड्का र कृषि मन्त्री रामनाथ अधिकारी पनि सहभागी छन्। अधिकारीसँग किसानको राहत र मल अभावबारे छलफल, खड्कासँग भने जगदुल्ला हाइड्रोपावरबारे जानकारी लिने विषयमा संवाद भएको स्रोतले जनाएको छ।

२०७९ मा खाण राष्ट्रिय प्रजातन्त्र पार्टीका दिवंगत दीपक बोहरासँग पराजित भएका थिए। बोहराको निधनपछि निर्वाचन आयोगले कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो।