सिन्धुलीकाे सुनकोशीमा पिकअप दुर्घटना, एकको मृत्यु,एक घाइते

8.55k
Shares

सिन्धुली ।

विपि राजमार्ग अन्तरगत सिन्धुली सुनकोशी गाउँपालिका ६ शितलपाटीमा आज विहान करिब १ बजे योद्दा पिकअप गाडी दुर्घटना हुदा एक जनाकाे मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । काठमाण्डौबाट बर्दिबासतर्फ आउदै गरेको बा.प्र.०१-०२४ च ९९१३ नम्बरको योद्दा पिकअप सडकबाट अन्दाजी ५ सय मिटर तल खोचमा खसी दुर्घटना भएको हाे ।

दुर्घटनामा मकवानपुर जिल्लाकाे मनहरी गाउँपालिका वडा नं ४ का धर्मराज रेग्मीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।रेग्मीलाई सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा ल्याई चेकजाँच गराउदा अस्पतालको चिकित्सकले विहान ३ बजेर ४५ मिनेटमा मृत घोषणा गरेका हुन् ।

मृतकका भाइ गाडी चालक निरज रेग्मी गम्भीर घाइते भएका छन । उनलाई थप उपचारको लागी धुलिखेल अस्पताल तर्फ लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिए । शव पाेष्टमाटमकाे लागि सिन्धुली अस्पताल ल्याईएकाे प्रहरी नायव उपरीक्षक सुवेदीले बताए ।