काठमाडौं।
नेपालस्थित पाकिस्तान दूतावास र साहित्य एकेडेमी नेपालको सहकार्यमा मङ्गलवार काठमाडौँमा आलमी मुशायरास् उर्दू, शायरी की जुबानू शीर्षकको साहित्यिक कार्यक्रम सम्पन्न भयो।

नेपाल र पाकिस्तानबीचको साहित्यिक सम्बन्धलाई प्रवर्द्धन गर्दै सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको उक्त साहित्यिक कार्यक्रममा पाकिस्तान र नेपालका चर्चित उर्दू कविहरू डा। जफर एलीग, डा। साकिब हारुनी, डा। अफजाल मङ्लोरी, फरकान फैजी, मुशरफ अली खान, जाहिद आजाद झण्डा नगरी, गालिब दरीब, अल्ताफ फरीफ्ता र सपना एहसासले आआफ्ना कविता बाचन गरेका थिए । उनीहरुको भावनात्मक प्रस्तुतिले दर्शकहरुलाई मन्त्रमुग्ध बनाएको थियो ।

कार्यक्रममा नेपाली फिल्म निर्देशक तथा लेखक प्रकाश सायमीले उर्दू कविताको गहिराइ, विविधता र भाषाको सौन्दर्यमाथि प्रकाश पारे भने नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच। हाश्मीले साहित्य एकेडेमी नेपाल र सहभागी कविहरूप्रति आभार व्यक्त गर्दै नेपाली र उर्दू साहित्यबीचको सहकार्य अझ विस्तार हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा विशेष अतिथिका रूपमा नेकपा (एमाले) का सांसद सिराज अहमद फारूकी र नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँलगायत उर्दूप्रेमी राजनीतिकर्मी, बौद्धिक वर्ग, सामाजिक अभियन्ता र दूतावासका पदाधिकारीहरू उपस्थित थिए।

कार्यक्रमले नेपाल र पाकिस्तानबीचको सांस्कृतिक र साहित्यिक सम्बन्धलाई नयाँ ऊचाइमा पुर्याउने विश्वास गरिएको छ।












प्रतिक्रिया