काठमाडौँं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मन्त्रीबीच कसले छिटो पैसा कमाउने भन्ने प्रतिस्पर्धा चलिरहेको आरोप लगाएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजनीतिक नेतृत्वलाई छानबिनको दायरामा नल्याएसम्म कर्मचारीलाई मात्र कारबाही गरेर भ्रष्टाचार नरोकिने बताएका हुन् ।उनले विवादमा परेका मन्त्रीको सम्बन्धमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गरे।
उनले भने- कांग्रेस र एमालेबिच कुन मन्त्रीले कसरी छिटो पैसा कमाउने भन्ने बारे प्रतिस्पर्धा भै रहेको छ । विवादमा आएका मन्त्रीहरुको छानबिन गर्न पर्ने देखिएको छ । भ्रष्टाचार कहाँ–कहाँ छ भनेर भन्न पर्दैन, भ्रष्टाचार कहाँचाहिँ छैन भनेर बुझ्न आवश्यक छ । भ्रष्टाचार को जरो र छाता भनेको नै राजनीति हो । जबसम्म राजनितिको क्षेत्रलाई कारवाहीको दायरमा ल्याइँदैन, तबसम्म भ्रष्टाचार नियन्त्रणको कल्पना पनि गर्न पनि सकिँदैन । संरक्षकको दायरमा रहेको राजनीति नेतृत्वलार्ई छानबिनको दायरामा ल्याउन आवश्यक छ । सार्वजानिक रुपमा जो दोषि छ त्यस्लाई संरक्षण गर्न हुँदैन । हामीले निरन्तर आवाज उठाउँदै गएका छौँ । देशका ठुला दलहरुको सरकारले वैकल्पिक शक्तिको अवाज बोकेका दलहरुले उठाएको कुरा नसुनेको भिजिट भिसावाला जुन कुरा आएको छ, कमिसन खाएको कुरा आएको छ । यी सबैको छानबिनको लागि उच्च स्तरको छानबिन समिति बनाउन आवश्यक छ । नबनाउँदा सम्म हामी संसदमा विरोध गरिरहने छौँ’ ।











प्रतिक्रिया