महिला उद्यमीद्धारा गार्मेन्ट उद्योग संचालनमा

रोजगारीले आत्म निर्भर बन्दै महिलाहरु

4.61k
Shares

उदयपुर ।

उदयपुरकी एक महिला उद्यमीले त्रियुगा नगरपालिका वडा नं ११ गाईघाट बजारमा हालै गार्मेन्ट उद्योग संचालनमा ल्याएकी छन् । यस अघि करिब १६ वर्षदेखि सिलाई कटाई व्यवसाय तथा प्रशिक्षण केन्द्र संचालन गर्दै आएकी उनले ४५ दिनको गार्मेन्ट उद्योग सम्बन्धी प्रशिक्षण लिएकी थिइन् ।

घरेलु तथा साना उद्योग कार्यालय उदयपुरमा दर्ता गरेर सञ्चालनमा आएको उदयपुरको पहिलो गार्मेन्ट उद्योग असार २७ गतेबाट सञ्चालनमा आएको र क्रमशः यसलाई प्रविधि मैत्री बनाउने र मेसिन तथा कामदारहरु पनि थप्दै जाने योजना रहेको गार्मेन्ट उद्योग सञ्चालिका ज्ञानु प्रधानले बताइन ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरकी वरिष्ठ उपाध्यक्ष, राष्ट्रिय महिला उद्यमी संघको राष्ट्रिय अध्यक्ष तथा ेपाल कपडा तथा सिलाई व्यवसायी संघको अध्यक्ष समेत रहेकी प्रधानले सिलाई व्यवसाय संचालन गर्दा गरेको अनुभवले र ४५ दिने गार्मेन्ट उद्योगको तालिमले प्रेरणा दिएर कोसेली गार्मेन्ट उद्योग संञ्चालन गरेको बताइन ।त्रियुगा नगरपालिका वडा नं १० की सरिता गेलाल थापाले आफूले गार्मेन्ट उद्योग सम्बन्धी तालिम लिएको र तालिम लिएपछि ज्ञानु प्रधानका् अनुरोधलाई स्वीकार्दै यही गार्मेन्टमा पहिले देखि नै सिलाई कटाई गरेकोले तालिम पश्चात पुनः यही काम गर्न थालेको बताइन ।

उनले हाल २० वटा मेसिनबाटकाम शुरु गरेर १५ जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिएको कटिङ मास्टर २ जना र अन्य सिलाई गर्ने कामदारहरु १३ जना रहेको र बैंकबाट ऋण लिएर उद्योग संचालन गरेको जानकारी दिंदै महिला दिदी बहिनीहरु धेरै नै बेरोजगार भएको बसेको अवस्थामा यो उद्योग ंसञ्चालन भएपछि रोजगारको लागि बाहिर भौतारिनु नपर्ने र दुई वर्षभित्रमा सय जनाभन्दा बढीलाई रोजगारी दिने लक्ष्य रहेको बताईन ।

त्रियुगा नगरपालिका वडा नं १२ की मञ्जु परियारले पहिले देखि नै सिलाई कटाईको काम गरेको ो तर गार्मेन्ट तालि आएको थाहा नपाएर तालिम लिन नसकेको बताइन । काम गर्दै जाँदा घर व्यवहार धान्न, छोराछोरी पढाउन खर्च पुग्ने गरेको यनले बताइन ।ढाकाको, अल्लोको, खाडीको। गाँजाको तथा अन्य कपडाहरको तयारी पोशाकहरु जस्तै टि शर्ट, जवारीकोट, ट्«्याक सुट, पाइन्ट, कमिज, टोपी, भेष्ट, स्वेटर, व्याग ९झोला०, ज्याकेट लगायतका पोशाक तथा सामान तयारी गरेर बजारमा लगेको र विस्तरै जिल्ला बाहिर र विदेशमा समेत पठाउने लक्ष्य रहेको सञ्चालिका प्रधानले बताइन ।

उनले सबैभन्दा पहिले उद्योग सञ्चालन गर्न आर्थिक समस्याले पिरोल्ने गरेको र बैंक ब्याजदर पनि महंगो रहेकोले आर्थिकभार परेको बताउँदै प्रविधिको जमाना भएकोले प्रविधिको हावश्यकता रहेको छ । जनशक्तिको अभाव पनि रहेको र उद्योग सञ्चालन गर्न आवश्यक पर्ने फराकिलो स्थानको पनि अभाव रहेको उनले बताइन ।

भविष्यमा १ हजार जनासम्म महिलालाई रोजगारी दिने योजना रहेको बताउँदै उनले स्थानीय सरकारले यस्ता खाले उद्यमीहरुलाई बजारको व्यवस्थापन तथा आवश्यक प्रविधि उपलब्ध गराएर उत्पादनमा जोड दिनु पर्ने हुन्छ । सरकारी कार्यालय, स्कूल कलेज, खेलकूदका क्षेत्रमा आवश्यक पर्ने तयारी पोशाक उत्पादन गरेर बिक्री गर्ने र विदेशमा समेत बिक्रीकालागि पठाउने योजना रहेको सञ्चालिका प्रधानले बताइन ।