काठमाडौं ।
दाङको लमही नगरपालिका–५ सुनखोलीमा गाडीको चपेटामा परेर २१ वर्षीय राजेशकुमार बानियाको मृत्यु भएको छ। आफ्नै घर अगाडि रोकेको लु ३ च ४८१४ नम्बरको पिकअप गाडी अचानक ब्याक भएर गुड्दा उनलाई च्यापिएको हो।
गाडी थाम्ने प्रयास गर्दा दाजु भागेर ज्यान जोगाउन सफल भए पनि राजेशलाई गाडीले घरको भित्तामा च्यापिदिएको थियो। टाउकोमा गम्भीर चोट लागेका उनलाई लमही अस्पताल पुर्याइएको थियो, जहाँ डाक्टरले मृत घोषणा गरे। शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ।











प्रतिक्रिया