काठमाडौँ ।
जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेश लगायत देशका विभिन्न पहाडी भूभागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत सुरक्षा निकायको सूचनालाई पालना गर्न र अत्यावश्यक बाहेक लामो यात्रा नगर्न आग्रह गरेका छन्।
प्रधानमन्त्रीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन पनि दिएका छन्। मौसमजन्य विपतबाट बच्न सबैलाई सतर्क रहन अनुरोध गरिएको छ।












प्रतिक्रिया