काठमाडाै ।
बाघ सजिलै देख्न सकिने स्थलको रूपमा चर्चित बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएको छ। आर्थिक वर्ष २०८१/८२ मा २८ हजार ६७ पर्यटक निकुञ्ज प्रवेश गरेका छन्, जुन अघिल्लो वर्षभन्दा करिब २ हजार बढी हो।
गत वर्ष नेपाली १९ हजार १०, सार्क मुलुकका १,५४० र अन्य विदेशी ७,५१७ जनाले भ्रमण गरेका थिए। पर्यटक संख्याको वृद्धिसँगै निकुञ्जले ३ करोड २६ लाख रुपैयाँ राजस्व आर्जन गरेको छ।
वरिष्ठ संरक्षण अधिकृत अशोक कुमार रामका अनुसार अहिले नेपाली पर्यटकहरूको सहभागिता उल्लेखनीय रूपमा बढेको छ। हात्तीसार, गोही प्रजनन् केन्द्र, जङ्गल सफारी, र वाल्क जस्ता गतिविधिहरूले बर्दियालाई लोकप्रिय गन्तव्य बनाएको छ।











प्रतिक्रिया