कोइरालाको भेटवार्ता तीव्र: प्रचण्डपछि भण्डारीसँग एक घन्टा छलफल

10.62k
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पछिल्ला दिनमा नेताहरूसँग भेटवार्ता तीव्र पारेका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि कोइराला शुक्रबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न भंगाल निवास पुगे।

पूर्वराष्ट्रपति भण्डारीले कोइरालासँगको भेटमा आफू सक्रिय राजनीतिमा फर्किएको बताउँदै नैतिक समर्थनको आग्रह गरिन्। कोइरालाले भने भ्रष्टाचारविरुद्ध आवाज उठाउनुपर्नेमा जोड दिए।

यसअघि प्रचण्डसँग पनि कोइरालाले सरकारको कार्यशैली र मन्त्रीहरूको अडिओ प्रकरणबारे असन्तुष्टि व्यक्त गरेका थिए। कांग्रेस–एमाले मिलेर स्थायित्व ल्याउने आफ्नो पुरानो प्रस्तावलाई स्मरण गर्दै कोइराला पछिल्लो समय ओली नेतृत्वको सरकारप्रति आलोचनात्मक देखिएका छन्।