काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको गठबन्धन सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। बिहीबार खुमलटार पुगेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्दै कोइरालाले सरकार संविधान संशोधन, सुशासन र आर्थिक समृद्धिको पक्षमा असफल भएको बताए।
दुई घण्टा लामो छलफलमा ओली सरकारका मन्त्रीहरू विभिन्न विवादमा मुछिएको, विधेयकहरूमा भएको ढिलासुस्ती, र सरकारलाई एमालेमुखी बनाउन खोजिएको विषयमा कोइरालाले चिन्ता जनाए। प्रचण्डले देश जटिल अवस्थामा भएकाले कांग्रेस र माओवादी मिलेर अघि बढ्नुपर्ने धारणा राखेको स्रोतको भनाइ छ।











प्रतिक्रिया