आज एमालेको बैठक, उमेर हद र कार्यकाल सीमा हटाउने तयारी


काठमाडौँ ।

नेकपा एमालेको पोलिटब्युरो बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा विधान संशोधन प्रस्तावमाथि छलफल हुने सचिव योगेश भट्टराईले जानकारी दिएका छन्।

सचिवालय बैठकमा ७० वर्षे उमेर हद र २ कार्यकालको सीमा हटाउने प्रस्ताव आएको थियो। उपाध्यक्ष विष्णु पौडेलले ११ सदस्यीय पदाधिकारीको प्रस्ताव गरे पनि छलफलमा १५ सदस्यीय बनाउने सहमति जुटेको सचिव भट्टराईले बताए।