काठमाडौँ।
नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदबाट शरद ओझा निलम्बित भएपछि उक्त जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई दिइएको छ ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष आज पोखरेलले पद तथा गोपनियताको सपथ लिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भइ काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो ।
नेपाल बीमा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष ओझाका बारेमा उजुरी परेपछि मन्त्रिपरिषद्को बैठकले बीमा ऐन २०७९ को दफा १२ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । छानबिन समिति गठन भएपछि ओझा स्वतः निलम्बन भएका थिए ।
यसैबीच, छानबिन समितका अध्यक्ष गिरी, सदस्यद्वय जीवनप्रकाश सिटौला र कपिलदेव ओलीले आज पत्र बुझेको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
अध्यक्ष ओझा निलम्बनमा परेपछि पोखरेलले सम्हाले जिम्मेवारी
काठमाडौँ।
नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझा निलम्बनमा परेपछि प्राधिकरणको कार्यवाहक जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई दिइएको छ।
आज पोखरेलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्को व्यवस्था नभएसम्म पोखरेललाई बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।
बीमा ऐन २०७९ को दफा १२ को उपदफा २ अनुसार अध्यक्ष ओझाका विरुद्ध उजुरी परेपछि मन्त्रिपरिषदले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। छानबिन समिति गठनसँगै ओझा स्वतः निलम्बनमा परेका हुन्।
यसैबीच, छानबिन समितिका अध्यक्ष गिरीसहित सदस्य जीवनप्रकाश सिटौला र कपिलदेव ओलीले अर्थमन्त्री पौडेलको उपस्थितिमा आज आफ्नो नियुक्ति पत्र बुझेका छन्।











प्रतिक्रिया