काठमाडौँ।
सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण नेपालको ‘एनटीभि वल्र्र्ड’ असोज ३ गते भित्रै सञ्चालन गर्न निर्देशन दिएका छन् ।
सिंहदरबारस्थित नेपाल टेलिभिजनमा पुगेर उनले एनटीभि वल्र्डको तयारी भइरेहकोमा निरक्षण गर्दै व्यवस्थपानलाई आवश्यक निर्देशनात्मक सुझाव दिएका हुन्। मन्त्री गुरुङले एनटीभि वल्र्डले विश्वमा नेपाल जोड्न महत्वपुर्ण भूमिका निवार्ह गर्ने उल्लेख गर्दै यसको सञ्चालनमा छिटो जोड दिनुपर्ने बताएका हुन् ।
सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले नेपालको मौलिकता र विशेषतालाई कायम राख्ने गरी एनटीभि वल्र्डका कार्यक्रमहरु प्रस्तुत गर्नुपर्ने सुझाव दिइन् । साथै उनले विश्वसामु नेपालको पहिचान स्थापित गर्ने विषयमा जोड दिन आग्रह गरिन्।
पिएसबीका अध्यक्ष डा. महेन्द्र विष्टले एनटीभी वल्र्डको मर्म र उदेश्यपुर्ति गर्न व्यवस्थापनमा खटिएको बताए । यसका लागि मन्त्रालयको सहकार्यले नै कार्य सम्पादनमा सघाउ पुगेको समेत जानकारी दिए । सीमित स्रोत र साधनका बिच पनि एनटीभि वल्र्डलाई विश्व सामु लायक बनाउन प्रयत्नरत हुने उनको प्रतिबद्धता छ ।
कार्यक्रममा डा. टंक उप्रेतीले एनटीभि वल्र्ड सञ्चालनको पूर्वतयारीबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनको प्रस्तुतीमा एनटीभि वल्र्ड सञ्चालनको ढाँचा, सामाग्री र रचनात्मक संरचनामा केन्द्रित थियो ।











प्रतिक्रिया