काठमाडौं ।
नागढुंगा–नौबिसे सडकखण्डअन्तर्गत धादिङको झ्याप्ले खोलामा गएको पहिरोको व्यवस्थापन कार्य तीव्र रुपमा जारी रहेको छ। आयोजनाको निर्माण कम्पनी जाङ्सु सगुन जेभिका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेका अनुसार पहिरो पन्छाउने काम चाँडै सम्पन्न हुने छ। हाल सो क्षेत्रमा ग्याविन बाल (जालीयुक्त ढुंगाको पर्खाल) लगाउने कार्य भइरहेको छ।
गत असोजको दोस्रो साता परेको अबिरल वर्षाका कारण पृथ्वी राजमार्गको झ्याप्ले खोलामा ठूलो पहिरो गएको थियो। सो पहिरो व्यवस्थापनको जिम्मा नागढुंगा–नौबिसे सडकखण्ड स्तरोन्नतिको ठेक्का पाएको कम्पनी जाङ्सु सगुन जेभिले लिएको हो।
करीब ९५ किलोमिटर लम्बाइको नागढुंगा–मुग्लिन सडकखण्डलाई तीन प्याकेजमा विभाजन गरेर स्तरोन्नति गरिँदैछ। पहिलो प्याकेजमा नागढुंगा–नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन सडकखण्ड रहेका छन्।











प्रतिक्रिया