बैतडीमा जिप ७० मिटर तल खस्यो, दुईको ज्यान गयो


काठमाडौं ।

बैतडीको पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। डिलासैनी गाउँपालिका–१ का २४ वर्षीय चालक सन्तोषबहादुर राना र ३२ वर्षीय किरण चौधरीको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको हो।

दुर्घटनामा घाइते भएका अन्य छ जनामध्ये कमला धामी र राजेन्द्र खत्रीको अवस्था गम्भीर छ र उनीहरूलाई डडेल्धुरा अस्पताल रिफर गरिएको छ। धनगढीबाट गोकुलेश्वर जाँदै गरेको सुप–प्र ०१००१ ज १३७२ नम्बरको जिप झन्डै ७० मिटर तल खसेको थियो। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।