सुनील पौडेलसहित ६ जनाविरुद्ध १६ करोडको भ्रष्टाचार मुद्दा दायर


काठमाडौं ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलसहित ६ जनाविरुद्ध १६ करोड रुपैयाँ बराबरको भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

केन्द्रले २०७६र७७ मा ‘हाई कम्प्युट इन्फास्ट्रक्चर’ खरिद गर्दा गुरुयोजना विना मिलेमतोमा महँगो मूल्यमा गुणस्तरहीन उपकरण खरिद गरिएको आरोप छ। पौडेलसहित केन्द्रका चार कर्मचारी, ठेकेदार कम्पनी वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रालि र त्यसका अध्यक्ष अरुण श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको हो।

पौडेल हाल डिल्लीबजार कारागारमा सजाय काटिरहेका छन् भने उनलाई कैदसहित १५ करोड ८८ लाख रुपैयाँ बराबरको जरिवाना माग गरिएको छ।