काठमाडौं।
रसुवा जिल्लामा लेन्दे खोलामा आएको बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिहरूको खोज, उद्धार तथा सडक मर्मत कार्य तीव्र गतिमा जारी रहेको छ।
नेपाली सेना, अन्य सुरक्षा निकाय र स्थानीयवासीको टोली आज रसुवाको लिङलिङ, रुङ्गापुल, सल्लेटार, गुम्चेत, टिमुरे लगायत नुवाकोट, धादिङ र चितवनका विभिन्न स्थानहरूमा उद्धार तथा मर्मत कार्यका लागि खटिएको नेपाली सेनाले जनाएको छ।
संयुक्त टोलीले हालसम्म रसुवाको लिङलिङ र रुङ्गापुल क्षेत्रमा पहिरोले अवरुद्ध पारेको बाटो खुलाउने, वैकल्पिक बाटो निर्माण गर्ने र नुवाकोटमा त्रिशूली नदीको कटान रोक्न ग्याबिन जाली राख्ने काम गरिरहेको छ।
नेपाली सेनाले बाढी र पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पूर्वाधार मर्मतलाई प्राथमिकतामा राखी राहत तथा उद्धार कार्य जारी राखेको जनाएको छ।











प्रतिक्रिया