काठमाडौंं ।
कैलाश मानसरोवर यात्राका लागि आएका झन्डै तीन हजार पर्यटक भिसा भेरिफिकेसन प्रक्रियामा ढिलाइ हुँदा काठमाडौँमा अलपत्र परेका छन्। चिनियाँ दूतावासले भिसा प्रक्रिया पूरा गर्न १० दिनभन्दा बढी समय लिँदा भारत, अमेरिका, बेलायतलगायत देशका तीर्थयात्रीहरू होटलमै बसिरहनुपरेको व्यवसायीहरूको गुनासो छ।
सामान्यतया तीन दिनमा भिसा आउने प्रक्रियामा हाल नयाँ कडाइका कारण ढिलाइ भएको हो। रसुवा नाकामा आएको बाढी र पहिरोले सडक अवरुद्ध हुँदा केरुङ रुटसमेत प्रभावित भएको छ।
व्यवसायीहरूका अनुसार भिसा ढिलाइ, होटल खर्च तथा रुट अवरोधका कारण उनीहरू आर्थिक र मानसिक रूपमा मारमा परेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भिसा प्रक्रिया सहज बनाउन चिनियाँ दूतावाससँग पहल भइरहेको बताएका छन्।
नेपाल हुँदै तिब्बत, ल्हासा र मानसरोवर जाने पर्यटक समग्र पर्यटकको झन्डै २० प्रतिशत रहने गरिएको छ।











प्रतिक्रिया