उदयपुर।
मनसुन सक्रिय भएसँगै उदयपुरका नदी किनारका बस्तीहरूलाई बाढीको जोखिमका कारण उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले आज सूचना जारी गर्दै विशेषगरी सप्तकोशी नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन भनेको हो। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलद्वारा जारी सूचनामा वर्षातका कारण कुनै पनि बेला ठूलो पानी परेर बाढी आउने सम्भावना रहने भएकाले जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाउन भनिएको छ।
साथै, प्रशासनले अत्यावश्यक कामबाहेक नदी किनारका क्षेत्र र जोखिमयुक्त स्थानमा हिँडडुल नगर्न आग्रह गरेको छ। रातको समयमा जोखिम क्षेत्रका मुख्य र सहायक सडकमा सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।
मनसुनको समयमा सतर्कता अपनाएर मात्र यात्रा तथा आवतजावत गर्न र स्थानीय तह तथा सुरक्षाकर्मीको सल्लाहअनुसार मात्रै जोखिम क्षेत्रतर्फ जान जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।











प्रतिक्रिया